तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १८ चैत, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको सहमति र संविधानको उल्लंघन गरेको आरोप लगाएका छन्।
  • प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।
  • उनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गरेको स्मरण गराउँदै भने, ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन।

 

१८ चैत, काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको सहमति र संविधानको उल्लंघन गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

उनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गरेको स्मरण गराउँदै भने, ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन। पाउनु हुन्न। यसमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति पाउन हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले पछिल्ला समयमा व्यवस्थाविरुद्ध भएका सबै शृंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन।’ तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएको ओलीको दाबी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ