दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत, काठमाडौं ।
  • तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ ।
  • रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

१६ चैत, काठमाडौं ।

तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ ।रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए ।

प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । उनले आजै मात्र पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै फेसबुक स्टाटस राखेका थिए । प्रहरीले राजावादीहरुको प्रदर्शनमा सहभागी राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा र स्वागत नेपाल लगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो । शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई पनि आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा   
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे