राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १४ चैत, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि काठमाडौंमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी गराएको छ ।
  • पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा पार्टीको कुनै सहभागिता नहुने बताएका हुन् ।

 

१४ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि काठमाडौंमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी गराएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा पार्टीको कुनै सहभागिता नहुने बताएका हुन् ।

वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रमहरूमा आफ्नो पार्टीको नेतृत्व, सहभागिता र ऐक्यबद्धता हुने भए पनि भोलिका दुवै प्रदर्शन सरकार विरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने रास्वपाको तर्क छ । भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपाको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता रहनेछ भनेका छौं, तर भोलि हुने दुवै प्रदर्शन त सुशासनको मुद्दामा छैन,’ झाले भने, ‘एकतर्फले व्यवस्था ठिक छैन र अर्कोले व्यवस्था ठिक छ भनेका छन् । त्यसकारण भोलिको प्रदर्शनमा हामीले भने अनुसारको एजेन्डा नरहेको हुनाले हाम्रो सहभागिता रहने छैन ।’

यसअघि गत १२ चैतमा रास्वपाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा विज्ञप्ति जारी गर्दै सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने बताएको थियो । भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ,’ रास्वपाले भनेको थियो ।यसको अर्थ व्यवस्थाका विरोधमा हुने प्रदर्शनमा आफ्नो पार्टीको सहभागीता हुने नभनिएको काबा प्रवक्ता झाले बताए ।सरकारको औचित्य नै समाप्त भइसक्यो । सरकार यो गठबन्धन सात महिना अघि सात बुँदे सम्झौताकै आधारमा अरुले हो हो भनेको मात्रै हो,’ उनले भने, ‘यो सँग सम्बन्धित आठ महिना नबित्दा केही डेलिभरी नहुँदा औचित्यमा प्रश्न उठिसकेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?