एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १२ चैत,  काठमाडौं ।
  • एक जना हत्यामा संलग्न १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सोमबार साँझ साढे ७ बजेको समयमा काठमाडौं महानगरपालिका १४ खड्कागाउँ स्थित सडक खण्डमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिएर भएको झडपमा परेर दोलखाको मेलुङ गाउँपालिका ४ घर भई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ बस्दै आएका २३ वर्षका अभय भन्ने अबे तामाङको हत्या हत्या भएको घटनामा संलग्न १६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो ।

 

१२ चैत,  काठमाडौं । एक जना हत्यामा संलग्न १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ साढे ७ बजेको समयमा काठमाडौं महानगरपालिका १४ खड्कागाउँ स्थित सडक खण्डमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिएर भएको झडपमा परेर दोलखाको मेलुङ गाउँपालिका ४ घर भई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ बस्दै आएका २३ वर्षका अभय भन्ने अबे तामाङको हत्या हत्या भएको घटनामा संलग्न १६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त घटनामा संलग्न पर्सा सखुवा प्रसौनी १ का २१ वर्षीय आशिष श्रेष्ठ, धादिङ गल्छी ५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौं, चन्द्रागिरी १५ का २७ वर्षीय राज अर्याल, सिन्धुली, कमलामाई ११ का २० वर्षीय डेनियल विश्वकर्मा, सर्लाही, बागमती ५ का २० वर्षीय निश्चल तामाङ, सुनसरी घर भई काठमाडौं १४ कलंकी बस्ने १९ वर्षीया सुशान श्रेष्ठ, धादिङ, सिद्धलेक ७ का २३ वर्षीय बिनय आलेमगर, उदयपुर, ताप्ली ७ का २१ वर्षीय खेमराज मगर, गोरखा गण्डगी १ का २२ वर्षीय रन्जित श्रेष्ठ र उदयपुर, ताप्ली ७ का २० वर्षीय साङ्गे तामाङ रहेका छन् । यस्तै काठमाडौं, नागार्जुन ९ का २५ वर्षीय अजित बुढाथोकी, काठमाडौं नागार्जुन १० का २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली ९

का २० वर्षीय प्रबिन झेडी, तनहुँ व्यास १० का १९ वर्षका गौतम कमर, सुनसरी धरान ७ का २२ वर्षीय प्रवेश गुरुङ र काठमाडौं दक्षिणकाली १ का २२ वर्षीय डेबिड घले रहेका छन् । उनीहरुले धारिलो हतियार तथा फलामको रड प्रहार गरेर घाइते बनाएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको परिसरकार प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार घटनामा अनुसन्धानको क्रममा संलग्न देखिएका १६ जनालाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध
दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो
हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सडक चिप्लो भएपछि दाउन्ने सडक खण्ड अवरुद्ध