काठमाडौँका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २५ फागुन, काठमाडौँको छुट्टाछुट्टै स्थानबाट गत शुक्रबार स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
  • नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाडौँको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भई हाल काठमाडौँको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन्।
  • वास्तविक नम्बर बा ८७ प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

 

२५ फागुन, काठमाडौँको छुट्टाछुट्टै स्थानबाट गत शुक्रबार स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाडौँको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भई हाल काठमाडौँको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन्।

वास्तविक नम्बर बा ८७ प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनि निवेदन दिएका थिए। उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनि खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौँको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाइराखेको भन्ने खुल्न आएकोले खोजतलास गर्दा तार्केश्वर नगरपालिका १० घलेपुलमै नम्बर प्लेट नै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको थियो। वास्तविक नम्बर बा ९२ प ९३९५ भएको स्कुटर टोखा नगरपालिका ११ बाट हराएको भनि रामेछापका रिकी थापा मगरले निवेदन दिएका थिए। नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन्। हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरे। सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
यस्तो छ तपाइको आजको राशिफल
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने