सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २१ फागुन, काठमाडौँ ।
  • राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला रिपब्लिकन र डेमोक्रेट हरू बीच तनाव देखिएको छ ।
  • ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्रेटहरूको आलोचना गरिरहेका बेला डेमोक्रेट सदस्यहरूले अवरोध गरेका थिए ।

 

२१ फागुन, काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला रिपब्लिकन र डेमोक्रेट हरू बीच तनाव देखिएको छ । ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्रेटहरूको आलोचना गरिरहेका बेला डेमोक्रेट सदस्यहरूले अवरोध गरेका थिए ।

आफ्नो भाषण सुरु गरेको केही समयपछि, ट्रम्प बीचमै रोकिनु पर्यो र सभामुखले ट्रम्पमाथि चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिएका थिए । ग्रिनलाई बिस्तारै सदनबाट बाहिर निस्किरहेको देखियो । यसपछि ट्रम्पले आफ्नो भाषण जारी राखेका थिए ।

यद्यपि, प्रतिनिधि सभाका धेरै डेमोक्रेटिक सदस्यहरूले विभिन्न नारा लेखिएका आफ्नो टी-शर्ट र ब्लेजर देखाएका थिए र सम्बोधन बहिष्कार गर्दै सदनबाट बाहिर निस्केका थिए । ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिहरूको इतिहासमा सबैभन्दा सफल दिन भनेका थिए ।

उनले पदभार ग्रहण गरेपछि दक्षिणी सिमानामा आपतकाल घोषणा गरेको र एक महिना भित्रै अवैध सीमा पार गर्ने क्रम इतिहासकै सबैभन्दा कम भएको बताए । ट्रम्पले पाँचौं पटक कंग्रेसलाई सम्बोधन गर्दै डेमोक्रेटिक सदस्यहरूलाई मिलेर काम गर्न अपील गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति देउवा
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?