च्याम्पियन्स ट्रफीमा आज भारत र न्यूजील्याण्ड खेल्दै

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १८ फागुन,  काठमाडौँ ।
  • जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् ।
  • युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे देखि शुरु हुने छन् ।

 

१८ फागुन,  काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् । युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे देखि शुरु हुने छन् ।

भारत र न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगिसकेको भएपनि यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छन् । दुवै देशले यस अघिका आफ्ना २-२ खेलमा जित हासिल गरेर समान ४-४ अंकसहित न्यूजील्याण्ड शिर्ष स्थानमा छ भने भारत रनरेटको आधारमा दोस्रो स्थानमा छ ।

भारत र न्यूजील्याण्डबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दै दुवै देश अहिलेसम्म ११८ खेल खेलेका छन् । जसमा भारतले ६० खेलमा जित हासिल गरेको छ भने न्यूजील्याण्डले ५० खेलमा जित हासिल गरेको छ । त्यसैगरी ७ खेलको कुनै नतिजा आएको थिएन भने एक खेल बराबरी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?