काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १६ फागुन, काठमाडौं।
  • बसभित्रै पाकेटमारी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
  • कलंकीबाट बसपार्क जाँदै गर्दा १२ फागुनमा ५१ वर्षीय पुरुषको पाकेटमारी भएको थियो ।

 

१६ फागुन, काठमाडौं। बसभित्रै पाकेटमारी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । कलंकीबाट बसपार्क जाँदै गर्दा १२ फागुनमा ५१ वर्षीय पुरुषको पाकेटमारी भएको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पाकेट मारेर एक समूह फरार भएको थियो ।

पाकेटरको आरोपमा प्रहरी वृत्त स्वयम्भूले सुरुमा काभ्रेको मन्डनदेउपुर गाउँपालिका–१० का ३६ वर्षीय श्याम तामाङलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि थप ९ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

पक्राउ पर्नेहरुमा उनीसँगै काभ्रेको बेथानचोक गाउँपालिका–६ का ३२ वर्षीय सुमन मगर, धादिङका २७ वर्षीय बिदुर कमल, धादिङकै विवेक ढुंगाना छन् । त्यसैगरी सिन्धुपाल्चोकका विकास तामाङ, काभ्रेका सनबहादुर तामाङ, सिन्धुलीका शंखबहादुर योञ्जन, रौतहटका आकाश तामाङ, काभ्रेका प्रकाश लामा र काभ्रेकै कसाङ तामाङ छन् । उनीहरुविरुद्ध प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा
बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक