सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ फागुन , सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
  • पूर्वपश्चिम राजमार्गमा पर्ने ईश्वरपुर नगरपालिका–१३ मा रहेको बाँके जंगलमा बिहीबार साँझ ना‍.
  • ७ ख ३६४३ नम्वरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

२ फागुन , सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने ईश्वरपुर नगरपालिका–१३ मा रहेको बाँके जंगलमा बिहीबार साँझ ना‍.७ ख ३६४३ नम्वरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

महोत्तरीको बर्दिबासमा आयोजित लघुवित्त पीडितको प्रदर्शनमा सहभागी सहभागी भएर सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका हुन्। बसमा ३५ जना सवार थिए। जसमध्ये १५ जना घाइते भएका हुन्। घाइते हुने अधिकांश महिला छन्। घाइते सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ।

घाइतेको हाल लालबन्दीस्थित मोडेल अस्पताल र गाउँमैत्री अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए।बस दुर्घटनापछि चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण बस पल्टिएको यात्रुले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?