प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ २९, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   २९ माघ,  काठमाडौँ।
  • नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
  • प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूबाट अवरोध सिर्जना भएपछि स्थगित गरिएको हो।

 

२९ माघ,  काठमाडौँ। नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूबाट अवरोध सिर्जना भएपछि स्थगित गरिएको हो।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठकमा विशेष समय सुरु हुनै लाग्दा अवरोध गरेका हुन् । उपसभामुख इन्दिरा रानाले शून्य समय सकिएर विशेष समय सुरु भएको घोषणा गरेपछि पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्ने समय उपलब्ध गराएको भन्दै रास्वपा विरोधमा उत्रिएका थिए । त्यसपछि बैठक अघि बढ्न सकेन । खतिवडाले नेपाल प्रहरीको बढुवाबारे धारणा राखेका थिए ।

त्यसलगत्तै रास्वपा सांसद गणेश पराजुलीले आफ्नो भनाइ राख्दै सत्ता पक्षले प्रतिपक्षीहरूलाई पेलेको टिप्पणी गरे । सांसद खतिवडाले बोलेका कुराहरू संसदको रेकर्डबाट नहट्दासम्म आफू उभिएको स्थानबाट नबस्ने बताएपछि संसद अवरुद्ध भएको हो । उपसभामुख इन्दिरा रानामगर अलमलिँदा भएको अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ