रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ ४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ माघ, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।
  • शुक्रबार रास्वपाको केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरत मणि देवकोटाले एक पत्र लेख्दै तिम्सिनालाई निलम्बन गरिएको जानकारी  दिएका हुन् ।

 

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । शुक्रबार रास्वपाको केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरत मणि देवकोटाले एक पत्र लेख्दै तिम्सिनालाई निलम्बन गरिएको जानकारी  दिएका हुन् ।

‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनि मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१ । १०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४. १. ( ख ), नियम ४.१.१ (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको

अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराईन्छ । यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ,’  पत्रमा भनिएको छ । तिम्सिनासहित रास्वपाका मधेश प्रदेश सभापति तपेश्वर यादवले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णयबाट हस्ताक्षर फिर्ता लिएको भन्दै पार्टी नेतृत्वलाई पत्र पठाएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
मधेशमा साढे पाँच हजार हेक्टर वन अतिक्रमण
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता