रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ ४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ माघ,  पोखरा : रवि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेर साइवर अपराधको अभियोग लागेका डा निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन्।
  • कास्कीको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा न्यायिक हिरासतमा रहेका लामिछाने हिरासत कक्षमा सुतिरहेको तस्बिर सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले आफ्नो सभापतिविरुद्ध गम्भीर षड्यन्त्र भएको दाबी गरेका थिए।
  • पछि रास्वपाकै शुभेच्छुक भुसालले सो तस्बिर लामिछानेसँग भेट्न जानेक्रममा खिचेर योजना अनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरेको खुल्यो।

 

४ माघ,  पोखरा : रवि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेर साइवर अपराधको अभियोग लागेका डा निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन्। कास्कीको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा न्यायिक हिरासतमा रहेका लामिछाने हिरासत कक्षमा सुतिरहेको तस्बिर सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले आफ्नो सभापतिविरुद्ध गम्भीर षड्यन्त्र भएको दाबी गरेका थिए।

पछि रास्वपाकै शुभेच्छुक भुसालले सो तस्बिर लामिछानेसँग भेट्न जानेक्रममा खिचेर योजना अनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरेको खुल्यो। उनी आफैँले स्वीकार पनि गरे। पछि प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐनविरुद्धको कसुरको आरोप लगाएको थियो। काठमाडौँमा पुस ७ मा पक्राउ परेर पोखरा लगिएका उनलाई थुनामा राख्न न्यायाधीशले अस्वीकार गरेपछि हाजिर जमानीमा रिहा भएका उनी बिहीबार पुन पक्राउ परेका थिए।

प्रहरीले अभियोग पत्र दर्ता गरेसँगै उनी पक्राउ परेकोमा शुक्रवार थुनछेक बहस भएर उनी धरौटीमा रिहा भए। न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सरकारी वकिलको कार्यालयले भुसालविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?