सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष २७, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   २७ पुस, काठमाडौं ।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय ससदमा पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ ।
  • गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।

 

२७ पुस, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय ससदमा पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ ।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो । सो विधेयक संसदमा पेश गर्न शुक्रबारको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए ।

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले शुक्रबारको मन्त्रिपरिषद बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिए । शासकीय सुधारसँग सम्बन्धीत कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र सुशासनलाई प्रत्याभूत गर्ने कानुनहरु निर्माणका लागि निर्णय गरेको उनको भनाइ छ । आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका गरेको पनि उनले बताए । सरकारकारी काम सात दिन भित्र निर्णय गर्ने र निर्णय नभए कारबाही हुने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
बालाजुमा एक महिला मृत भेटिइन्
मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
राष्ट्रपतिको अपिल- फागुन २१ मै चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरता
धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत