वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २१, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २१ पुस, चितवन – चौधरी ग्रुपले चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा हारेको छ।
  • फेसबुक वाइवाइविरुद्ध लेखेको भन्दै उत्पादक चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति २० हजार जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो।
  • उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो।

 

२१ पुस, चितवन – चौधरी ग्रुपले चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा हारेको छ। फेसबुक वाइवाइविरुद्ध लेखेको भन्दै उत्पादक चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति २० हजार जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो। गत वैशाखमा काठमाडौँ महानगरपालिकाले वाइवाई चाउचाउको गुणस्तर नभएको भन्दै चौधरी ग्रपलाई २ लाख जरिवाना गराएको थियो। त्यसपछि वाइवाई चाउचाउको गुणस्तरबारे देशभर चर्चा भएको बेला पौडेलले पनि फेसबुकमार्फत वाइवाइको गुणस्तर नभएकाले नखाने घोषणा गरेका थिए।

पौडेलले ‘बाइबाइ वाइवाई चाउचाउ कसैले नखानु वाइवाई चाउचाउ’ भनेर फेसबुकमा लेखेका थिए। त्यसपछि चौधरी उनीविरुद्ध मुद्दा दायर गरेको हो। पौडेलले आइतबार फेसबुकमार्फत् आफूले मुद्दा जितेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘चौधरी ग्रुप सङ को मुद्दामा मैले आज बल्ल करिब १ वर्ष मा न्याय पाएँ चितवन जिल्ला अदालत लगायत मलाई सहयोग गर्नुहुने सबैलाई हृदयदेखि नमन गर्न चाहन्छुु।’ जिल्ला अदालत चितवनले पनि गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला भएको जानकारी दियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप
बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द