रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष १९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १९ पुस,  रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
  • शक्रबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।
  • मृत्यु हुनेमा फगामकी ५७ की गौरा रोका मगर छिन्।

 

१९ पुस,  रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शक्रबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा फगामकी ५७ की गौरा रोका मगर छिन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिपको ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ५० मिटर खसेर दुर्घटना भएको थियो।दुर्घटनामा परी सहचालक रोल्पालको सुनछहरी गाउँपालिका-६ धुम्सिका ३५ वर्षीय तिलबहादुर घर्ति गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।

धुम्सीकै २५ वर्षीय प्रेम रोका मगरको टाउकोमा चोट लागेको र अवस्था मध्यम छ। सुनछहरी-७ पोर्वाङका ४३ वर्षीय टेकबहादुर बुढा मगरको पनि टाउकोमा चोट छ। दुवैको स्वास्थ्य अवस्था मध्यम रहेको र प्राथमपिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।चालक धुम्सीकै २९ को धनिराम घर्ति मगरको अवस्था भने सामान्य छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
सुर्खेतमा सवारी दुर्घटना हुँदा १३ जना घाइते
यस्तो छ तपाईको आजको राशिफल
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
जथाभावी डिप बोरिङ खन्ने सरकारको निर्णय भविष्यमा घातक बन्नसक्ने विज्ञको चेतावनी
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित