बलात्कार आरोपमा पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर २५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २५ मंसिर, झापा ।
  • घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
  • जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले अनलाइनखबरलाई बताए ।

 

२५ मंसिर, झापा । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले अनलाइनखबरलाई बताए । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यो गम्भीर विषय भएकाले ४ दिनमा अनुसन्धान सकिने विषय नै होइन, त्यसैले फेरि म्याद माग्छौं ।’ इलाका प्रहरी कार्यालय, अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको थियो । प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् ।

आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए । तर, त्यसको बहानामा उनले जबरजस्ती करणी गरेको आरोप छ । बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएका थिए । भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइदिएको थियो ।

 

अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा पनि शिवाकोटी टिकटका प्रबल दाबेदार थिए । यद्यपि, पछि एमालेले तत्कालीन उपमेयर पवित्रा महतरा प्रसाईंलाई अघि सारेको थियो । हाल बिर्तामोडमा प्रसाईं मेयर छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश
हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५÷२५ गजभित्रका संरचना हटाइने
श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु
अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग