लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक ११, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ११ कात्तिक, काठमाडौं ।
  • नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ ।
  • खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

 

११ कात्तिक, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ ।खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो । सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।यसअघि गत महिना क्यानडामा भएको लिग टु सिरिजमा जितविहीन बनेको नेपाल र पहिलो खेलमा स्कटल्याण्डसँग लज्जासपद हारपछि नेपाल र अमेरिका दुवै टोली दबाबमा छन् । नेपाल क्यानडा र ओमान सम्मिलित लिग टु सिरिजमा नेपाल जितविहीन बनेको थियो ।

तीन खेलमा पराजित भएको नेपालले एक खेल वर्षाका कारण रद्द हुँदा १ अंक जोडेको थियो ।त्यसअघि घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग टु मा नेपालले जममा १ खेल जितेको थियो । अहिलेसम्म लिग टु मा ८ खेल खेल्दा नेपालले जम्मा १ जित हात पारेको छ र ३ अंक जोडेको छ । अंक तालिकामा नेपाल ८ टिम मध्ये सातौं स्थानमा छ । ९ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।नेपाल र अमेरिकाबीचको पछिल्लो पाँच ओडिआई खेलमा दुवै टोलीले २-२ खेल जितेका छन् । एक खेल भने बराबरी भएको थियो । पछिल्लो पटक जिम्बाव्वेमा भएको वानडे विश्वकप छनोटको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालका लागि यो सिरिज एकदिवसीय क्रिकेटमा पुनरागमन गर्दे राम्रो अवसर हुनेछ । केही दिनअघि अमेरिका विरुद्धको तीन खेलको टी२० आई सिरिज ३-० ले क्लिन स्वीप गरेको थियो । टी२० सिरिजमा नेपालका टप अर्डर ब्याटरले लय लिएका थिए । त्यही लय एकदिवसीय क्रिकेटमा कायम राख्न सके नेपालले लिग टु मा पनि राम्रो प्रदर्शन गर्न सक्नेछ । टी२० सिरिज जितेपछि कप्तान रोहित कुमार पौडेलले यो जितबाट नेपाली टिममा आत्विश्वास बढेको र त्यसलाई कायम राख्न सके जुनसुकै टिमलाई हराउन सक्ने प्रतिक्रिया दिएका थिए । लिग टु को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोद्यी घोषणा भइसकेको छ । जसमा टी२० सिरिज गुमाएका सन्दीप लामिछानेले पुनरागमन गरेका छन् । सागर ढकाल र देव खनाल भने रिजर्भमा छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि
विराटनगर किंग्सले गुमायो पाँचौं विकेट
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड बक्यौता
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो