रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
सारांश
- २७ असोज, काठमाडौं ।
- रौतहटमा दुर्गा मेला लागेको स्थानबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव छन् ।
२७ असोज, काठमाडौं । रौतहटमा दुर्गा मेला लागेको स्थानबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव छन् ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले जानकारी दिए ।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया