शौचालयबाट फरार भए कैदी

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र ३०, २०८१
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   ३० भदौ , जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।
  • फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ।
  • भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन्।

 

३० भदौ , जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ। भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन्। त्यहाँ उपचाररत साहलाई आज बिहान ३:४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ। छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ । यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए। फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
वीरगन्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ