भ्रष्टाचार न्युनिकरणका लागि अझ सशक्त रुपमा अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र ३०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३० भदौ , काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धानसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्त्वपूर्ण रहेको बताएका छन् ।
  • आईतबार शीतल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।
  • आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक रहेको उनले उल्लेख गरे ।

 

३० भदौ , काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धानसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्त्वपूर्ण रहेको बताएका छन् ।Worldlink adsआईतबार शीतल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक रहेको उनले उल्लेख गरे । ‘सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण हुन्छ । यसका लागि आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक छ आयोगले प्रतिवेदनमा उल्लेख गरेका र माननीय प्रमुख आयुक्तले उल्लेख गर्नुभएको भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय छन् । अब यसलाई अझ सशक्त रुपमा लैजानुपर्ने देखिन्छ । आयोगलाई आगामी दिनहरुमा नेपालको संविधान तथा प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना दिन्छु । प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने मेरो विश्वास छ ।’

आयोगले प्रतिवेदनमा उल्लेख गरेका भ्रष्टाचार नियन्त्रणसम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय रहेको पनि बताए । उनले अब यसलाई अझ सशक्त रुपमा लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे । आयोगलाई आगामी दिनहरुमा नेपालको संविधान तथा प्रचलित कानुन बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना समेत दिए ।राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयहरुलाई सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?