खोलाले बगाउँदा एक जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र २९, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २९ भदौ,पाल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
  • जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका अन्दाजी ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ।
  •   शुक्रबार दिउँसो तीन बजेतिर पाल्पाको माथागढी गाउँपालिका – ४ सुर्काबासस्थित झुम्साखोला तर्ने क्रममा चौहान बगेका थिए।

 

२९ भदौ,पाल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका अन्दाजी ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ।  शुक्रबार दिउँसो तीन बजेतिर पाल्पाको माथागढी गाउँपालिका – ४ सुर्काबासस्थित झुम्साखोला तर्ने क्रममा चौहान बगेका थिए। बगेको ठाउँदेखि झन्डै डेढ सय मिटर तल खोलाको बीच भागमा उनको शव फेला परेको पाल्पाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। शव पोस्टमर्टमकालागि जिल्ला अस्पतालमा पठाइएको श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारीदिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?