नेपालमा पढ्न र लेख्न जान्नेको संख्या दुई करोड तीन लाख

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २३, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, काठमाडौँ ।
  • नेपालमा ७६.
  • २ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ ।

२३ भदौ, काठमाडौँ । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न र लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् । पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् । सरकारले पहिलो पटक २०६५ सालमा साक्षर अभियानको सुरुवात गरेको थियो । तर अभियान प्रभावकारी देखिएको छैन ।

‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आइतबार ५८ औँ अन्तरर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा अभियानको समीक्षा सुरु भएको छ । साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ  । त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ जना सांसद निलम्बित, १ फरार
उदयपुरमा फागुनमै सुक्न थाले ट्युबबेल, पानीको समस्या
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
विचारविना धेरैतिर फर्केकालाई वामपन्थी एकतामा ल्याउन सकिंदैन : प्रधानमन्त्री ओली
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन
यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि
आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए