सौर्यको जहाज २९ सेकेन्डमै झरेको थियो भुइँमा, दुर्घटना रोक्न ३ सुझाव

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २१ भदौ ,विमान दुर्घटना रोक्न तत्काल ३ वटा काम गर्न सुझाव दिइएको छ।
  •   सौर्य एयरलाइन्स दुर्घटनापछि गठित रतिसचन्द्रलाल सुमन अध्यक्ष रहेको जाँचबुझ आयोगले आन्तरिक उडान सुरक्षाको लागि ३ सुझाव दिएको हो।
  • प्रारम्भिक रिपोर्टले सबै वायुसेवा कम्पनीहरुलाई तत्काल स्पिडकार्डको विषयमा समीक्षा गर्न सुझाएको छ।

२१ भदौ ,विमान दुर्घटना रोक्न तत्काल ३ वटा काम गर्न सुझाव दिइएको छ।  सौर्य एयरलाइन्स दुर्घटनापछि गठित रतिसचन्द्रलाल सुमन अध्यक्ष रहेको जाँचबुझ आयोगले आन्तरिक उडान सुरक्षाको लागि ३ सुझाव दिएको हो। प्रारम्भिक रिपोर्टले सबै वायुसेवा कम्पनीहरुलाई तत्काल स्पिडकार्डको विषयमा समीक्षा गर्न सुझाएको छ। दोस्रोमा वायुसेवा कम्पनीहरुले कार्गो ब्यागेज ह्यान्डलिङको मापदण्ड अनिवार्य गर्न सुझाएको छ। ब्यागेज र कार्गोको तौल गर्नुपर्ने, सामान राख्दा जहाजको सन्तुलन मिल्ने गरी राख्नुपर्नेछ। तेस्रोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान प्रक्रियालाई समीक्षा गर्न सुझाव दिएको छ। कम्पनीहरुको नन सेडुअल फ्लाइट र यात्रुविनाका जहाज उडानहरुले समेत सबै प्रक्रिया पूरा गर्न सुझाव दिएको छ। रतिशचन्द्रलाल सुमन संयोजक रहेको आयोगमा दीपुराज ज्वारचन, सन्जय अधिकारी, डा. सुदिन भट्टराई र सदस्य सचिवमा मुकेश डंगोल छन्। आयोगको प्रारम्भिक रिपोर्टले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पनि ३ कारण देखाएको छ। जहाजको तौलमा ध्यान नदिएको, जहाजको लोडअनुसारको गति र उडान प्रक्रियामा त्रुटि रहेको उल्लेख गरेको छ। जहाजको लोड कति हुनुपर्ने तथा लोडिङ र सुरक्षा आवश्यकता रहेको उल्लेख गरेको छ। जहाज उडानपूर्व लोडमा ध्यान नदिइएको उल्लेख छ। जहाजको लोड अनुसार कति गतिमा उडान हुनुपर्छ भन्ने मापदण्ड पलना नगरेको उल्लेख छ। सौर्य एयरलाइन्सको दुर्घटनामा परेको जहाजले ५ सेकेन्डमा ५० फिटमाथिको उचाइ लिएको थियो भने १०० फिटसम्मको उचाइ लिएको थियो। टेक अफ गरेको २९ सेकेन्डमै जहाज झरेको थियो।  २१ सेकेन्डमा जहाज रोटेड भएको फ्लाइट रेकर्डिङ डेटाबाट देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?