इजरायली आक्रमणबाट वेस्ट बैङ्कमा ३३ प्यालेस्टाइनीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   २० भदौ , काठमाडौँ – वेस्ट बैङ्कमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् ।
  • करिब १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनी छन् ।

 

२० भदौ , काठमाडौँ – वेस्ट बैङ्कमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् ।

करिब १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनी छन् । सबै उत्तरी वेस्ट बैङ्कका छन् । साथै दक्षिणमा हेब्रोनमा तीन जना रहेको रामल्लाहस्थित मन्त्रालयले जनाएको छ ।इजरायली सेनाले बुधवार लगातार आठौँ दिन जेनिन सहर र त्यसको शिविर विरुद्धको कारबाही जारी राखेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा गाँजा स्ट्रिपमा प्यालेस्टाइन- इजरायली द्वन्द्व सुरु भएदेखि वेस्ट बैङ्कमा इजरायली आक्रमणबाट ६८० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । एजेन्सी 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?