रुसी आक्रमणमा युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १५, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १५ भदौ , युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा रुसले गरेको पछिल्लो आक्रमणमा १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
  • स्थानीय अधिकारीहरूले यो रुसद्वारा नियन्त्रित बम हमला भएको पुष्टि गरेका हुन्।
  • यसबाहेक रुसी सीमा नजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो ।

 

१५ भदौ , युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा रुसले गरेको पछिल्लो आक्रमणमा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले यो रुसद्वारा नियन्त्रित बम हमला भएको पुष्टि गरेका हुन्। यसबाहेक रुसी सीमा नजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो । जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए ।यी हमलापछि सार्वजनिक गरिएका तस्विरहरूमा भवनको माथिल्लो भागमा आगलागी भइरहेको प्रस्ट देख्न सकिन्छ। यस क्रममा दमकलका कर्मचारी पनि मानिसलाई बचाउने प्रयासमा देखिएका थिए ।युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्ना सबै अन्तर्राष्ट्रिय साझेदारहरूलाई रुसभित्र आक्रमण गर्न अनुमति दिन अपिल गरेका छन्, ताकि उनीहरूले त्यस्ता रुसी आक्रमणहरू रोक्न सकून्।युक्रेनी राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै गत हप्ता रुसले युक्रेनमा ४०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ ।पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल मिकोला ओलेस्चुकलाई पदच्युत गरेको केही घण्टापछि भएकोहो। जेलेन्स्कीफैँले जान मिकोला ओलेस्चुकलाई पदबाट हटाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?