युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण, तीन जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १०, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • १० भदौ , किएभ– रूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमणमा  कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रूसको ठूलो आक्रमण हो ।
  • युक्रेनी वायु सेनाका अनुसार रूसी ड्रोनका धेरै समूहहरू युक्रेनको पूर्वी, उत्तरी, दक्षिणी र मध्य क्षेत्रहरूतर्फ प्रहार भएका थिए ।
  • प्रहार भएका हतियारमध्ये केही क्रुज र ब्यालेस्टिक मिसाइलहरू पनि थिए ।

१० भदौ , किएभ– रूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमणमा  कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रूसको ठूलो आक्रमण हो । युक्रेनी वायु सेनाका अनुसार रूसी ड्रोनका धेरै समूहहरू युक्रेनको पूर्वी, उत्तरी, दक्षिणी र मध्य क्षेत्रहरूतर्फ प्रहार भएका थिए । प्रहार भएका हतियारमध्ये केही क्रुज र ब्यालेस्टिक मिसाइलहरू पनि थिए । आक्रमणका कारण भएका विस्फोटको आवाज राजधानी किएभमा समेत सुनिएको र आक्रमणका कारण युक्रेनका मुख्य सहरमा विद्युत र पानीको आपूर्ति अवरुद्ध भएको किएभका मेयर भिटाली क्लिट्स्कोले बताए ।   युक्रेनको पश्चिमी शहर लुत्स्कका मेयर इहोर पोलिशचुकले आक्रमणले एक बहुमंजिला आवासीय भवन र पूर्वाधारमा प्रहार हुनुका साथै एक व्यक्तिको मृत्यु भएको बताए ।मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा आक्रमणले अर्का एक व्यक्तिको मृत्यु हुनुका साथै आगलागी निम्त्याएको क्षेत्रीय प्रमुख सेरही लिसाकले बताए । जापोरिझियाको दक्षिणपूर्वी, आंशिक कब्जा गरिएको क्षेत्रमा पनि एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेडोरोभले बताए ।   युक्रेनको निजी ऊर्जा कम्पनी डिटेकेले ‘आपतकालीन ब्ल्याकआउट’ को घोषणा गर्दै  विज्ञप्ति मार्फत  ‘देशभरका ऊर्जा कामदारहरूले युक्रेनीको घरमा उर्जाको पुनर्स्थापना गर्न लागि पर्न निर्देशन दिए ।  सेनाले आक्रमण पछि छिमेकी देश पोल्याण्डमा, देशको पूर्वी भागमा प्रहरी र नेटो हवाई सुरक्षा सक्रिय भएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ
कांग्रेसको महाधिवेशन पुस २६देखि, यस्तो छ कार्यतालिका
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर
डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी