वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन, साढे ३ प्रतिशतले घट्यो आयात

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ भदौ, वीरगञ्ज।
  • प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको छ ।
  • साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत संकलन गरेको हो ।

 

४ भदौ, वीरगञ्ज। प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको छ ।

साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत संकलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन उत्साहप्रद रहेको बताए । ‘साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन्,’ उनले भने,’पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व संकलन हुनलाई उत्साहजनक मान्नुपर्छ ।’ भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई रु १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व संकलन गरेको थियो ।

चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै रु ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा तीन दशमलव ५३ प्रतिशतले कम हो । आव २०८०/८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ । चालु आवको पहिलो महिनामा दुई अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ ।

गत आव २०८०/८१ को साउनमा दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवको साउन महिनामा सात दशमलव १६ प्रतिशतले निर्यात बढेको हो । आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा
स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
बाँकेको नेपालगञ्जमा कर्फ्यु
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
ओलीले गुण्डुमै बोलाए सचिवालय बैठक