विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   ३१ साउन, विराटनगर : विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा राति ९:३५ बजेतिर दुर्घटना भएको हो ।
  •   उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट कोशी लोकमार्गतर्फ निस्कदै गरेको मधेस प्रदेस ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एकपासमा ठोक्किएको प्रहरीले जनाएको छ ।

 

३१ साउन, विराटनगर : विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा राति ९:३५ बजेतिर दुर्घटना भएको हो ।  उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट कोशी लोकमार्गतर्फ निस्कदै गरेको मधेस प्रदेस ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एकपासमा ठोक्किएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू हुने
प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान
चितवनमा तीन वटा बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २२ जना घाइते
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह