सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • २६ साउन, सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक युवकको उपचार क्रममा मृत्यु भएको छ।
  • शनिबार बिहान बरहथवा नगरपालिका–८, टाँडी बस्ने रामबहादुर साहका १९ वर्षका छोरा मुन्ना साह अचेत फेला परेका थिए।
  • घरदेखि ४ सय मिटर पर छिमेकी शैलेन्द्र रामको पराल राख्ने खाली घरमा मुन्ना अचेत अवस्था भेटिएका हुन्।

२६ साउन, सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक युवकको उपचार क्रममा मृत्यु भएको छ। शनिबार बिहान बरहथवा नगरपालिका–८, टाँडी बस्ने रामबहादुर साहका १९ वर्षका छोरा मुन्ना साह अचेत फेला परेका थिए। घरदेखि ४ सय मिटर पर छिमेकी शैलेन्द्र रामको पराल राख्ने खाली घरमा मुन्ना अचेत अवस्था भेटिएका हुन्।

त्यसपछि उनलाई नवजीवन अस्पताल बरहथवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको हो। मुन्नाको घाँटीमा नीलडाम देखिएको थियो।परालको टालनजिकै सोही ठाउँकी एक युवतीले मुन्नालाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गौतम थापाको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीकै सहायतामा उनलाई बरहथवाकै नवजीवन अस्पताल लगिए पनि मुन्नाको मृत्यु भइसकेको थियो।घटना शंकास्पद देखिएको भन्दै प्रहरीले गहिरो अनुसन्धान थालेको बताएको छ। ती युवक प्रेमिकालाई भेट्न मध्यराति पुगेका तर उनको कसैले हत्या गरेको हुन सक्ने नाम नबताउने शर्तमा एक स्थानीयले  बताए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ