जाजरकोट जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण २२, २०८१
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •   २२ साउन, सुर्खेत- जाजरकोटमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
  • जाजरकोटको खलंगादेखि भेरी नगरपालिका-६, नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको बोलेरो जिप वडा नम्बर ६ भेरेमा आज दिउँसो साढे २ बजे दुर्घटनामा परेको थियो।
  • दुर्घटनामा घाइते भएका भेरी नगरपालिका-६ गंगटियाका ३५ वर्षीय चालक मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ।

 

२२ साउन, सुर्खेत- जाजरकोटमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जाजरकोटको खलंगादेखि भेरी नगरपालिका-६, नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको बोलेरो जिप वडा नम्बर ६ भेरेमा आज दिउँसो साढे २ बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका भेरी नगरपालिका-६ गंगटियाका ३५ वर्षीय चालक मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ। जिप सडकदेखि करिब ४ सय मिटर तल खसेको थियो।

दुर्घटनामा सपना विक, भूमिका शाही, दुर्गा पुन, बिन्दु शाही, मोती लुहार, सीता पुन, धनसरा खड्का, कलिमान खत्री, भूमिकला राना घर्ती, प्रज्वल घर्ती, कल्पना खत्री, अस्मिता खत्री, पार्वती उपाध्याय र हिरा सार्की घाइते भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए। दुर्घटनामा परेका १५ जनामध्ये १३ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने एक जना गम्भीर घाइते भेरी नगरपालिका-६ का ८० वर्षीय कलिमान खत्रीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?