प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ ५, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ५ वैशाख, काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार गएका छन्।
  • शनिबार बिहान प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र रमेश लेखक बालुवाटार पुगेका हुन् ।

 

५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार गएका छन्।

शनिबार बिहान प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र रमेश लेखक बालुवाटार पुगेका हुन् । उनीहरू बिहान ९ बजे बालुवाटार पुगेको कांग्रेस महामन्त्री गगन थापाको सचिवालयले जनाएको छ । कांग्रेसको अडानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका हुन् । यसअघि हिजै तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म संसद् चलन् नदिने कांग्रेसको अडान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?