सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • राजविराज ।
  • सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ ।
  • बिहीबार बिहान करिब ७ बजे सुरक्षा गार्ड ५६ वर्षीय परशुराम फुयाँल सुतेकै ठाउँमा मृत फेला परेका थिए ।

राजविराज ।

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । बिहीबार बिहान करिब ७ बजे सुरक्षा गार्ड ५६ वर्षीय परशुराम फुयाँल सुतेकै ठाउँमा मृत फेला परेका थिए । गार्डको कोठा अबेरसम्म नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । वरिपरि रगतका टाटा पनि देखिएपछि अनुसन्धानकै क्रममा फुयाँलको  हत्या भएको प्रहरीले जनाएको छ।https://press4k.com/

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले  बताए । ‘लुटपाट गर्ने उद्देश्यले आएकाहरुले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिन्छ’ उनले भने ‘हत्या घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ विगत ८ वर्षदेखि बैंकमा गार्ड रहेका  सप्तकोशी नगरपालिका– २ बस्ने मृतक फुयाँलका श्रीमती २ छोरा र २ छोरी छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?