जनकपुरमा जलिरहेको युवतीको शव बरामद

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख ६, २०८१
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • ६ वैशाख, जनकपुरधाम ।
  • जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।
  • धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

६ वैशाख, जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।

शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया प्रियंका महतोको रहेको डीएसपी अवाले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट
निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध
घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !