प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन ७, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ७ फागुन, काठमाडाैँ।
  • प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई प्रवेश गर्न दिइएको छैन।
  • गृह मन्त्रालयले सोमबार आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश निषेध गरिएको हो।

७ फागुन, काठमाडाैँ। प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई प्रवेश गर्न दिइएको छैन।

गृह मन्त्रालयले सोमबार आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश निषेध गरिएको हो। सोको विरोध गर्दै पत्रकारहरूले ‘क्यामेरा डाउन’ गरेका छन्। आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ।

सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रमसमेत छ। त्यसकै फोटो रिपोर्टिङ गर्न पुगेका पत्रकारहरूलाई प्रवेश नदिइएपछि उनीहरूले विरोध जनाएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ