नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर २८, २०८०
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।
  • प्राधिकरणबाट इन्टरनेट (इ(मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणबाट इन्टरनेट (इ(मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो। ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ। ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
सुपर ओभरमा पुगेर पोखरासँग पराजित भयो विराटनगर
बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
रविलाई भोलि विमान मार्फत भैरहवा लगिने
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै