यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर १९, २०८०
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • १९ मंसिर, विराटनगर ।
  • यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् ।
  • राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् ।

१९ मंसिर, विराटनगर । यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् ।

राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो । मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका कर्मचारीहरुविरुद्ध भ्रष्टाचार र राजस्व हिनामिना गरी दुई वटा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले ८ चैत २०७९ मा विशेष अदालत काठमाडौँले उनीहरुलाई दोषी ठहर गरेको थियो । दुई वटा मुद्दामा प्रतिवादी बनाइएका उपसचिव रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपाल, होमनाथ भट्टराईसहित ११ जना दोषी ठहर भएका थिए ।

तत्कालिन कार्यालय प्रमुख नयराज नेपाललाई ८ वर्ष कैद र १२ करोड, ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना, लेखापाल मणिराज दाहाललाई ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड, ३४ लाख ५ हजार ५९४ जरिवाना भएको थियो । त्यस्तै कर्मचारी कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र १ करोड, १ लाख ६५ हजार ८१२ जरिवाना, टीकाराम अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ जरिवाना र देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला भएको थियो । पक्राउ परेका पाँच जना फरार प्रतिवादीबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ जरिवाना असुल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीको आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१–०७२, २०७२–०७३ र २०७३–०७४ फागुन मसान्तसम्म ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०६९–०७० र ०७०–०७१ सम्म भएका राजस्व अनियमितताको मुद्दामा तत्कालिन उपसचिव भट्टराईलाई दुई वर्ष छ महिना कैदसहित १४ लाख पाँच हजार बिगो र त्यसको दोब्बर जरिवाना र पौडेललाई ८ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो । लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल र लेखापाल टंकबहादुर खड्कालाई आठ– आठ वर्ष कैद, दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो । कायम गरेको थियो । सोही कार्यालयको राजस्व हिनामिनाको अर्को मुद्दामा उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार बिगो, विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र पाँच करोड ८३ लाख ९२ हजार बिगो र नयराज नेपाललाई आठ वर्ष कैद र ६ करोड १७ लाख ६४ हजार बिगो कायम गरिदिएको हो ।

तीन जनाको हकमा विगो भन्दा दोब्बर जरिवानाको फैसला भएको थियो । लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र १४ करोड ७ लाख ९६ हजार बिगोको दोब्बर जरिवाना तोकेको थियो । लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपैयाँ बिगोको दोब्बर जरिवानाको फैसला भएको थियो । राजस्व हिनामिना प्रकरणका मुख्य नाइके लेखापाल सुरेश अधिकारीलाई ९ वर्ष कैद, १५ करोड ३ लाख ९९ हजार ९८६ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । लेखापाल देवराज नेपाललाई साढे ८ वर्ष कैद र ११ करोड २२ लाख ६३ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहटमा दुर्घटना, १२ यात्रु घाइते
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता