टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर ५, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ५ मंसिर, काठमाडौँ ।
  • टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।
  • टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

५ मंसिर, काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।

टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार हुने भनिएको थियो । सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको थियो ।

सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । गत कार्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा पक्ष र विपक्षमा प्रतिक्रिया आएका थिए । कतिपयले प्रतिबन्ध ठिक छ भनेर सरकारी निर्णयको प्रशंसा गरिरहँदा अधिकांशले भने टिकटकमाथि प्रतिबन्ध नभई नियमनको खाँचो रहेको औँल्याएका थिए ।

पक्ष र विपक्षमा विचार आइरहँदा शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा. सुनिल रञ्जन सिंह, भद्रप्रसाद नेपाल, त्रिलोक बहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने तथा युवराज पौडेल, फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।  रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
जनताको भरोसा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने छु: अध्यक्ष ज्ञवाली
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन