पत्रकार सम्मेलनमै बेहोस भइन् भारती

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक १३, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • पत्रकार सम्मेलनमै बेहोस भइन् भारती १३ कात्तिक, काठमाडौं ।
  • आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।
  • गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् ।

पत्रकार सम्मेलनमै बेहोस भइन् भारती

१३ कात्तिक, काठमाडौं ।

आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।

गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको उनका एक सहयोगीले जानकारी दिए । यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

आफ्नो पतिको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग राखी उनले असोज १७ गतेदेखि अनसन शुरु गरेकी थिइन् । दशैं विदामा अनसन स्थगित गरेकी उनले गत शुक्रबारदेखि फेरि रिले अनसन जारी राखेकी छन् ।

शेर्पाले आफ्ना पति चिरन मानन्धरको हत्यामा संलग्न बाँकेका रिगल ढकालको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता गरेकी छन्।

https://press4k.com/

सर्वोच्च अदालतले मुद्दाको सुनुवाइपछि विपक्षीहरुसँग कागजात समेत मगाइसकेको छ । मंगलबारदेखि उनको मुद्दामा निरन्तर सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?