एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन १०, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १० असोज, काठमाडौँ ।
  • नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।
  • निर्वाचन कार्यालयले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशित गरिएको छ ।

१० असोज, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ । निर्वाचन कार्यालयले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशित गरिएको छ ।

एमाले पार्टी कार्यालयमा सोमबार सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत बुधबार बिहान ११६५ मतदाताको नामावली प्रकाशन गरिएको हो । कार्यालयले उम्मेदवारहरुका लागि बिहान ११ः३० बजेदेखि फारम वितरण गर्ने जनाएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको छ ।  बिहान मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।

नेता शेरबहादुर तामाङका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिनेछ ।

मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेस गरेका थिए । १३ जिल्ला र जनसंगठन विभागसहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल भएको थियो । प्रतिवेदनमाथि आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, वेलीमाया घले र रमेश पौडेलले धारणा राखेका थिए । नेताहरूले राखेका धारणाको अध्यक्ष पाण्डेले जवाफ दिएपछि सुझावसहित प्रतिवेदन पारित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु
विद्यालयसहित १४ भन्दा बढी घर बगायो, ७ वटा जोखिममा
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
नेपालको ऐन, कानून र नियमहरु परम्परावादी छन् : प्रचण्ड
सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह