हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • हाथवे इन्भेष्टमेन्ट नेपालको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।
  •   बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जनाले २० कित्ताका दरले सेयर पाएका हुन्।
  •   बाँडफाँटपछि बाँकी रहेको १० कित्ता सेयर भने २० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले थप गरिएको छ।

हाथवे इन्भेष्टमेन्ट नेपालको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जनाले २० कित्ताका दरले सेयर पाएका हुन्।  बाँडफाँटपछि बाँकी रहेको १० कित्ता सेयर भने २० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले थप गरिएको छ।

यस अनुसार १० जनाले २१ कित्ता र १ लाख २१ हजार ३७७ जनाले १० कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपिओमा कुल १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएकोमा १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।योग्य १२ लाख ६७ हजार हजार ७०९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।  कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिसकेको छ।त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
१८ जना प्रहरी सम्पर्कविहीन
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
असोजमा श्रम स्वीकृति लिएर ५३ हजार जना विदेशिए
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल