संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ २१, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २१ जेठ, काठमाडौं ।
  • राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दैछ ।
  • बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बैठक बोलाइएको हो ।

२१ जेठ, काठमाडौं ।

राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दैछ । बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बैठक बोलाइएको हो । उक्त बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

बैठकमा पहिलो चरणको आन्दोलनको समिक्षा तथा सरकारको दमनकारी नीतिलाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिने प्रेस प्रेस विज्ञप्ति मार्फत बताइएको छ । संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट पहिलो चरणको एक हप्ता लामो राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरेको थियो ।

‘संयुक्त जनआन्दोलन समितिको आह्वानमा जारी पहिलो चरणको एक हप्ता लामो जनआन्दोलनको कार्यक्रम सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ । आन्दोलनमा सहभागी सबै स्वाभिमानी नेपालीहरुमा हार्दिक धन्यवाद छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की