चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ १३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १३ जेठ, बेइजिङ ।
  • पूर्वी चीनको एक रासायनिक कारखानामा मंगलबार (मे २७) भएको विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।
  • चीनको समाचार संस्था सिन्ह्वा न्युज एजेन्सीका अनुसार, राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वस्थित शान्दोङ प्रान्तको गाओमी सहरमा रहेको युदाओ केमिकल प्लान्टमा स्थानीय समयानुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो ।

१३ जेठ, बेइजिङ ।

पूर्वी चीनको एक रासायनिक कारखानामा मंगलबार (मे २७) भएको विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । चीनको समाचार संस्था सिन्ह्वा न्युज एजेन्सीका अनुसार, राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वस्थित शान्दोङ प्रान्तको गाओमी सहरमा रहेको युदाओ केमिकल प्लान्टमा स्थानीय

समयानुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो ।बेइजिङबाट प्रकाशित  अनलाइन सेवामा प्रसारित भिडियोमा आकाशमा धुलो र धुवाँको बाक्लोे मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्यालहरू विस्फोटबाट उडेको देखिन्छ । भिडियो क्लिपमा सडकछेउछाउ भग्नावशेष छरिएको, झ्यालहरू फुटेको, कार र पृष्ठभूमिमा रहेका घर तथा भवनलाई प्रभावित पार्ने खालको सुन्तला रङको ठूलो आगोको लप्का पनि देखाइएको छ ।

राष्ट्रिय आपत्कालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपत्कालीन सेवाका निम्ति ५५ सवारीसाधन र २३२ पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाइएको उल्लेख छ । चिनियाँ  ४७ हेक्टर (११६ एकड)को जमिनमा फैलिएको युडाओ केमिकलले ‘कम विषाक्त’ कीटनाशक उत्पादन गर्छ । यहाँ करिब ३०० मानिसले काम गर्छन् । यसअघि, सन् २०१५ मा बन्दरगाह सहरका रूपमा चिनिने तियानजिनमा ज्वलनशील रसायनको गोदाममा विस्फोट हुँदा १७० भन्दा बढी मानिसको मृत्यु भएको थियो । ७०० जना घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान
सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन सत्ता पक्षकै नेताको माग
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव