आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ १३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १३ जेठ, काठमाडौं ।
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित प्रतिनिधिसभा अझै सुरु हुन सकेको छैन ।
  • मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरेका हुन् ।

 

१३ जेठ, काठमाडौं ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित प्रतिनिधिसभा अझै सुरु हुन सकेको छैन । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरेका हुन् ।

उनीहरू उच्चस्तरीय छानविन समिति बनाएर गृहमन्त्रीमाथि पनि अनुसन्धान गर्न माग गरेका छन् । गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् अघि बढ्न नसक्ने भन्दै विपक्षी दलका सांसदले निरन्तर नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । सत्तापक्षका सांसदहरूले भने आफूमाथि लागेको आरोपबारे जवाफ दिन गृहमन्त्री उपस्थित भएकाले उनलाई बोल्न दिनुपर्ने बताएका छन् ।बैठक स्थगित गरेर सभामुख आन्तरिक छलफलमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
भारतको लद्दाखमा स्वायत्तताको माग हिंसात्मक : चारको मृ*त्यु, दर्जनौँ घाइते
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ
नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल