आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ १०, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   १० जेठ ,काठमाडौँ  ।
  • हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
  • बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

 

१० जेठ ,काठमाडौँ  ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु
प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
मध्यविन्दुमा सर्पको डसाइबाट एक महिलाको मृ*त्यु
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
सिमलतालमा बस र ट्रक ठोक्किए र दुर्घटना
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह