जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ ६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ६ जेठ, सुर्खेत ।
  • खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य र संकल्प साकार हुँदै गएको बताएका छन् ।
  • आज सुर्खेत शिवशक्ति धाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नं.

 

६ जेठ, सुर्खेत ।

खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य र संकल्प साकार हुँदै गएको बताएका छन् । आज सुर्खेत शिवशक्ति धाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नं. १, २ र ३ मा रहेको सालकोट वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गरे ।

यो आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ र पर्याप्त पानीको सहज पहुँच हुने छ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ,’ मन्त्री यादवले भने । यसैगरी उनले नेपाली नागरिकका आधारभूत आवश्यकतालाई पुरा गर्ने सरकारको उद्देश्य र संकल्प साकार हुँदै गएको बताए । खानेपानीको समस्याका कारण आजित भएका नागरिकहरूलाई सुरक्षित खानेपानी वितरण सहित उनीहरूका समस्या समाधान हुँदै गएको जानकारी गराए । नागरिकका समस्या समाधान गर्न सरकारले खानेपानीका आयोजनालाई प्राथमिकता दिई काम सम्पन्न गर्दै आएका छन्,’ उनले भने, ‘खानेपानीमा देखिएका समस्या समाधान गर्न म सहितको हाम्रो टोली हिमाल, पहाड, तराइँका जिल्लाका विकट एवं ग्रामिण बस्तीहरूमा धाइरहेको छु ।’

जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानीजस्तो सेवा जनताको पहुँचमा पुर्‍याउनु आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठले जलवायु परिवर्तन लगायतका कारणले नागरिकले सुख्खा समयमा पानीको समस्या र वर्षायाममा पानीबाट हुने समस्या भोगिरहेको बताउनु हुँदै ती समस्या सामाधानको लागि खानेपानी विभागले अग्रसरताका साथ काम गरिरहेको बताए । ‘यस पञ्चपुरी सालकोट बृहत खानेपानी योजनाले पञ्चपुरीवासीको आगामी ३० वर्ष सम्मको खानेपानीको समस्या सामाधान गर्नेछ । संघीय खानेपानी कार्यलय, प्रदेश कार्यलय, स्थानीय तह सबैको संयुक्त पहलमा यस योजनाको दीगो सञ्चालन हुने मैले विश्वास लिएको छु,’ उनले भने ।

सालकोट बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउरले सरकारले आयोजनालाई प्राथमिकता दिई समयमा सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गरेका थिए । आज उद्घाटन गरिएको सालकोट बृहत खानेपानी आयोजनाबाट पञ्चपुरी नगरपालिका वडानं १, २, ३ का करिब दुई हजार ७७१ घरधुरीका कम्तिमा पनि १५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका निमित्त प्रमुख मनिषकुमार राजले जानकारी दिए । उक्त आयोजनाको स्वीकृत लागत रु २५ करोड ९१ लाख ८५ हजार ६६५ रहेको र ठेक्का स्वीकृत रकम भ्याट सहित कुल दश करोड ३० लाख ७३ हजार ०७३ रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्री ओलीले गरे एचपिभी खोप अभियानको शुभारम्भ
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा