सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २८, २०८०
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • २८ माघ, काठमाडौँ ।
  • अभियन्ता ईःले सडक व्यापारीको पक्षमा तीन बुँदे मागसहित आज ट लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् ।
  • सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२ प्रतिशत रोजगारी दिने) र सहरी गरिबको लोकरिझ्याईं निर्देशित सीमान्तकरण राष्ट्रिय रोग जस्तै बनेकोले बेरोजगारी, आर्थिक, सामाजिक असमानता बढेको विषयलाई लिएर सङ्घीय सरकारलाई तीन बुँदे माग सहित लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेको अभियन्ता ईः ले जानकारी दिए ।

२८ माघ, काठमाडौँ । अभियन्ता ईःले सडक व्यापारीको पक्षमा तीन बुँदे मागसहित आज ट लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् ।

सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२ प्रतिशत रोजगारी दिने) र सहरी गरिबको लोकरिझ्याईं निर्देशित सीमान्तकरण राष्ट्रिय रोग जस्तै बनेकोले बेरोजगारी, आर्थिक, सामाजिक असमानता बढेको विषयलाई लिएर सङ्घीय सरकारलाई तीन बुँदे माग सहित लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेको अभियन्ता ईः ले जानकारी दिए । सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आम जनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न  सङ्घीय सरकारको ध्यानाकर्षण गराउन पदयात्रा सुरु गरेको उनको जिकिर छ ।

काठमाडौँ महानगरको सडक व्यापारी प्रतिको क्रियाकलापले देशैभरका स्थानीय तहले पनि सिको गरेर सडक व्यापारीलाई दुःख दिने गरेको पाए’, उनी भन्छ्न् ,’सहरबाट गरिब हटाए सहर सफा हुन्छ भन्ने कुराले सडक व्यापारीको काम गरेर खाने हक अधिकार खोसिएको छ ।’ उनको यो पैदल यात्रा आजबाट नौ दिनको दिन सिंहदरबार पुगेर तीन बुँदे प्रतिवेदन बुझाउने तयारी रहेको छ । उनीलाई लुम्बिनीबाट अन्य अभियन्ताहरूले पनि साथ दिने भएका छन् । यो यात्रा मार्फत मिटरब्याजविरुद्ध न्याय मार्चप्रति ऐक्यबद्धता पनि जनाउने बताए ।

ईःको तिन बुँदे माग 

१. देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई बिना अध्ययन बिकल्प विस्थापन नगरी कानुन र संविधानको मर्मपरिधि भित्र बस्न निर्देशन दिने ।

२. सहरी गरिबको संरक्षण गर्न आवश्यक, तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी, सङ्घीय ऐनको सिर्जना तथा भएका कानूनी प्रावधानको सबलीकरण गर्नुपर्ने।

३. पालिकाहरूलाई सहरी गरीबी सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन, बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई
एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै