यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख २९, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २९ वैशाख, काठमाडौं ।
  •   हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
  • यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

 

२९ वैशाख, काठमाडौं । 

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश