राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते प्रस्ताव

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २१, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २१ माघ, काठमाडौँ ।
  • राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।
  • आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदैछन् ।

२१ माघ, काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।

आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदैछन् । सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एकसाताभित्र निर्वाचन गर्नेबारे राष्ट्रियसभाले कार्यतालिका बनाएको हो । शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । अहिले सम्भावित कार्यातालिका बनेपनि राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?
प्रधानमन्त्री ओली आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह
प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै