भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख, काठमाडौं ।
  • भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
  • मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

 

१६ वैशाख, काठमाडौं ।

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो ।यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

१८ चैत २०८० मा दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको थियो । मंगलबार सभाले पारित गरेको हो । अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत