शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
सारांश
- १६ वैशाख, काठमाडौं ।
- नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।
- प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका हुन् ।

१६ वैशाख, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका हुन् । शिक्षकका जायज मागहरू पूरा गर्न यथाशिघ्र शिक्षा ऐन नल्याए शासकहरू भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । सरकारले शिक्षकहरूका जायज मागहरू पूरा गर्नुको सट्टा दमन गरिरहेको उनको आरोप छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया